परिचय:
मानिसलाई स्वस्थ स्वास्थ्य, सुख, शान्ति र समृद्धशाली बनाउनमा खानेकुराको महत्वपूर्ण भूमिका भएकोले उपभोक्ताको खाद्य अधिकार सुरक्षा र मानव स्वास्थ्यका लागि स्वच्छ, सफा, ताजा, स्वस्थकर, गुणस्तरीय, शुद्ध शाकाहारी एवं हाईजेनिक खाना उपलब्ध गराउन एक स—शक्त संस्थाको आवश्यकता अनुसार अन्तराष्ट्रिय स्तरका लागि यस युएचएफ सर्टिफिकेशन काउन्सील / एचफो नेपाल को स्थापना भएको हो ।
युएचएफ सर्टिफिकेशन काउन्सील/ एचफो नेपालले बजारमा रहेका बिभिन्न खाद्यउद्योग तथा खाद्यवस्तुहरु मध्येका योग्य खाद्य र अखाद्य वस्तुहरुका विषयमा आम उपभोक्ताहरुमा खाद्यचेतना जागृत गर्दै कृषि, खाद्य उद्योग र खाद्यवस्तुहरुको गुणस्तर निरीक्षण तथा परिक्षण गरी उपभोग्य खाद्यवस्तुको वैज्ञानिक प्रविधिद्धारा अन्तराष्ट्रिय मापदण्डअनुसार गुणस्तर प्रमाणित गर्ने कार्य गरिरहेको छ ।
यस हाईजेनिक गुणस्तर प्रमाणिकरण कम्पनी तथा समूहले संयुक्त रुपमा खाद्य गुणस्तर सम्बन्धी ४ प्रकारका प्रमाणपत्रहरु प्रदान गर्नेछ । जसमा
१. हाईजेनिक,
२. भेजिटेरियन,
३. अग्र्यानिक र
४. हलाल रहेका छन ।
स्वदेश तथा विदेशका सम्बन्धीत निकाय, गुणस्तर प्रमाणिकरण कम्पनी, संघ संस्था र उद्योग, खाद्य सामाग्रीहरुसंग सहकार्य गरी स्वदेशीमा उत्पादित गुणस्तर प्रमाणित खाद्यवस्तुहरुको विश्वब्यापी प्रचार—प्रसार, बजार व्यवस्थापन एवं बिक्रि बितरण लगायत स्वस्थकर गुणस्तरीय उत्पादनलाई विश्वबजारमा पुर्याउने कार्य गर्नेछ ।