Wednesday 17th of January 2018

Documents

शुद्ध आहार तपाईको अधिकार

Purity Foof Your s Right

HYGIENIC WORLD

आहार (EATING)

आहार भन्नाले खाने वस्तुलाई बुझिन्छ, जो निम्नअनुसार छन् ।
१. हावा (Air)
२. पानी (Drinking Water)
३. प्रोटिन (Protein)
४. कार्बोहाइडेट  Carbohydrate                                                                                                                ५. चिल्लो भिटामिन तथा खनिज लवण  (Fat, Vitamin and Mineral Salt)
हावा (Air)
सम्पूर्ण प्राणीको प्रमुख र अंह खाद्य तत्व वायु हो । प्राणी पानी बिना एक महिना जीवीत रहन सक्दछ । भोजन बिना तिन महिना जीवित रहन सक्दछ । तर वायुबिना तीन मिनेट जीवित रहन पनि गाहे हुन्छ । अतः हावा आहार पनि हो र जीवन पनि हो । तर आजभोली शुद्ध हावा पाउन गाहे छ । शुद्ध वायुमा अक्सिजन २१ %, नाइटोजन ७८ % कार्बन डाइ अक्साइड १÷२ प्रतिशत र अन्य विविध ग्यासहरु १÷२ प्रतिशत विद्यमान हुन्छन ।
तर वर्तमान शहरीया हावामा निम्न हानिकारक तत्व समेत पाईन्छन ।
क.) कार्बन मोनो अक्साइड, ख.) एमोनिया सल्फेड, ग.) हाइडोजन,
घ.) हाइडो कार्बन, ड.) सल्फरडाइ अक्साइड, च.) सिल्का
छ.) सिलिकेड ज.) एलमोनियम, झ.) कार्बन,
ञ.) सोडियम क्लोराइड, ट.) कटन क्लोराइड, ठ.) उलन क्लोराइड आदि विषयका तत्वहरु मिसिएका हुन्छन ।
उक्त हावामा अक्सिजन १६ % नाइटोजन ७० % र कार्बन डाइ अक्साइड ४ % भएको पाईन्छ । यस अशुद्ध हावाले स्वास्थ्यमा वायुमण्डलबाट नै विष मिलाउने काम गरेको छ । यस विषले शरीरका कोषिकाहरुलाई समय नपुग्दै बूढो हुन थाल्छन र मनुष्य शरीर पनि समय नपुग्दै बुढो हुुन्छ । यसरी प्रतिपल लिइने अक्सिजन हावा नै विषालु भएपछि मनुष्यको आशा झिनो भएर जान्छ । रक्तसञ्चार विषाक्त हुन्छ, त्यसमा अक्सिजनको सट्टा कार्बन नै बढी संचार हुन थाल्दछ । यसरी मानव शरीर उपरोक्त विषौला तत्वहरुको शिकार बन्दछ । यहीबाट जटिल रोगहरुको शुरुवात हुन्छ । सामान्य रोगहरु जीर्ण रोगमा बदलिन्छन । शरीर शुद्ध नभएसम्म यी रोगहरुलाई कुनै पनि औषधीले निर्मूल गर्न सक्दैन ।
यो विषाक्तता सर्वप्रथम पाचनक्रियामा र फोक्सोमा पैदा हुन्छ । सास फेर्ने क्रियामा अवरोध खडा हुन्छ । फोक्सो वायुमण्डलीय फोहोरहरुले जेलिन्छ र आन्द्रा खाद्य पदार्थको फोहोरले जेलिन्छ । रक्तनलीका तथा मुटुबाट निस्कने धमनीहरु कार्बनिक कालो पदार्थबाट पोतिन्छन । समस्त रक्तबाहिनीहरु कोलेष्टोल, युरिकेसिड, प्रसिक, एसिड र यस्तै अन्य विषालु पदार्थहरुका कब्जामा पुग्दछन । फलस्वरुप शहरी दम, वाथ, उच्च रक्तचाप, मुटु वाथ, सुगर आदिबाट ग्रसित हुन्छ । श्वास केन्द्रको नियन्त्रण मस्तिष्कको हाइपोथेलेमस क्षेत्रबाट हुने हुदाँ सो क्षेत्र पनि प्रदूषणको कब्जामा पुग्दछ र पक्षघात, ह्दयघात, मस्तिष्कघात र असामयिक मृत्यु पनि आइ लाग्दछन ।
अतः शुद्ध वायु कसरी ग्रहण गर्ने, अशुद्ध वायुलाई शहरी क्षेत्रबाट कसरी कम गर्ने भन्ने विषयमा ब्यक्ति र सरकार दुबै सचेत हुनुपर्ने आवश्यक छ । यस प्रदूषणको समाधानबिना रोगको समाधान गर्न खोज्नु केवल एक दिवास्वप्न तथा धनको अपव्यय मात्रै हुनेछ ।

पानी  (Drinking Water)
दोस्रो महत्वपूर्ण आहार हो — पानी । पानीको अभावमा संसारका कुनै पनि पदार्थको सिर्जना र विकास हुन सक्तैन । अतः यो पनि प्राणीहरुको प्राणी नै हो । पानीबाट शरीरमा निम्नलिखित क्रियाहरुसम्पादन हुन्छन ।

क.) जीव—रसायन (Bio Chemical) क्रिया
ख.) तरल पुनःस्थापना (Fluid Replacement) क्रिया
ग.) रक्त—शोधन, भोजन—पाचन र पित्त—शोधन क्रिया
घ.) रक्तलिम्फ, पविहनतन्त्र, संचालन तथा नियन्त्रण क्रिया
उपरोक्त कार्यका लागि शरीरमा कुल आहारको ७०% भाग शुद्ध पानी चाहिन्छ । जसले रक्त निमार्ण, मांसपेशी निर्माण, हाड निर्माणमा समेत भूमिका खेल्दछ । दुःखको कुरा शहरी क्षेत्रहरुमा र कतिपय ग्रामिण क्षेत्रमा पनि यो प्राणरक्षक अमृत शुद्ध रुपमा पाईदैन । वातावरणीय र सामाजिक प्रदूषणले गर्दा पानीमा बिभिन्न किसिमका विषालु पदार्थ र कीटाणु मिसिन पुग्दछ । अतः उक्त पानीले झाडा, पखाला, जुकाजुकी, एलर्जी, पित्त प्रदुषण आदि खराबीहरु उत्पन्न गर्दछ । ती खराबीले गर्दा शरीर कहिल्यै पनि निरोगी रहन सक्दैन । हाम्रा औषधीहरुले उपरोक्त कीटाणुहरु त मार्दै जान्छन, पानीले पुनः पैदा गर्दै जान्छ । यसरी रोगले शरीरमा लुकामारी खेलिरहन्छ ।

प्रोटिन   (Protein)

आहारमा तेस्रो महत्वपूर्ण तत्व हो—प्रोटिन । प्रोटिनले शरीरको वृद्धि, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस तत्वलाई हामीले निम्नलिखित पदार्थबाट प्राप्त गर्दछौ ।
क.) दूध र दूधबाट निर्मित पदार्थहरु
ख.) द्धिदलीय गेडागुडी र यिनबाट निर्मित पदार्थहरु
ग.) मासु, माछा र यिनबाट निर्मित पदार्थहरु
घ.) सुख्खा फलहरु जस्तै काजु, किसमिस, बदाम, पेस्ता, नरिवल आदि ।
दुःखको कुरा आजको सभ्य समाजले यी पदार्थहरुमा पनि प्रदूषण फैलाएको छ । आजकल शुद्ध र स्वस्थकर दूध पाउन गाहे छ । अनाजमा रासायनिक मल र किटनाशक औषधीको प्रयोग हुने हुदाँ यसबाट पनि सहि स्वास्थ्यको आशा गर्न सकिदैन । जहाँसम्म माछा, मासुको सवाल छ, जनावरमा लाग्ने रोग र बोसो वृद्धिका कारणले रोग निम्त्याउने खालका नै बढी छन । यस्ता अवस्थामा कसरी स्वस्थकर प्रोटिनको व्यवस्था गर्ने ? यो एक जटिल समस्या भएको छ । जसको समाधान ब्यक्तिको चिन्तनबाट हुन असम्भव छ । सरकार, समाज, व्यवस्था नै यसका लागि जिम्मेवार छन ।

प्रोटिनको मुख्य कार्य निम्नानुसार छ :
क) शरीर—वृद्धि
ख) मांसपेशी र सेलहरुको निर्माण
ग) रोगप्रतिरोधी पाचक रस निर्माण
घ) अन्तरस्रावी ग्रन्थि र हार्मोनहरुको निर्माण,
ड.) इन्सलिन, थाइरोक्सिन, एडेनलिन, हेमोग्लोविन र प्राज्माको निर्माण ।

कार्बोहाइडेट  Carbohydrate

आहारका क्रममा चौथो महत्वपूर्ण तत्व हो—कार्बोहाइडेट ।
यसको मुख्य काम निम्न अनुसार छ ।

क) शरीरमा उँर्जाशक्ति उत्पन्न गर्नु ।
ख) स्नायुतन्तु निर्माण गर्नु
ग) काम गर्ने तागत बनाइ राख्नु
घ) प्रोटिनको रक्षा गर्नु
ड.) मल निष्काशनमा सहयोग गर्नु

चामल, गहुँ, आलु, फूलगोभी जस्ता खाद्य पदार्थहरुमा कार्बोहाइडेटको मात्रा अत्यधिक पाइन्छ । कार्बोहाइडेटको समस्या पनि प्रोटिनको जस्तै छ । वर्तमान युगमा रासायनिक कृषिका कारणले खाद्य पदार्थले रोगविरोधी शक्ति दिन सक्दैनन । केवल शरीर धान्ने तौल बढाउने काममात्र गर्दछन । यो समस्या पनि सामाजिक राजकीय समस्या हो । वर्तमान समयमा प्रायशः खेतबारीहरु बिग्रिसकेका छन । रासायनिक मलखात र कीटाणुनाशक औषधीको प्रयोग नगरिकन अनाज उत्पन्न गर्न सकिदैन । यसरी उत्पन्न गरेको अनाजले शरीर त दिन सक्तछ तर स्वास्थ्य दिन सक्दैन । स्वास्थ्यदायक अनाज उत्पन्न गर्नुको निम्ति रसायन विहीन कृषिको अभियान संचालन गर्नु आवश्यक छ । यो अभियान ब्यक्ति विशेषबाट मात्र सम्भव छैन, तर ब्यक्ति जागरणबाट भने अवश्य सम्भव छ ।
कार्बोहाइडेटको वैज्ञानिक फर्मुला हो ऋज्द्दइ हो । जसमा स्टार्ज ग्लाइकोजन सेलुलोज र पेक्टोन नामक तत्व विद्यमान रहन्छन ।

चिल्लो भिटामिन तथा खनिज लवण                                                                                                                (Fat, Vitamin and Mineral Salt)

यी तीन तत्वहरु फल, प्रोटिन, हरियो साग तरकारी, वीज वीजन, घाँसपात र जडिबुट्टीहरुमा पाईन्छन । यिनै तत्वहरुका सहाराले शरीरले रोग प्रतिरोधी शक्ति जागृत गराउँछ । बिभिन्न रासायनिक विषहरुबाट शरीरलाई तटस्थ पार्न र स्वास्थ्य राख्न मद्दत पुर्याउँछन । चिल्लो पदार्थ वीज—वीजनबाट पाइने नै श्रेयस्कर हुन्छ । मांसीय चिल्लो पदार्थ निकृष्ट हुन्छ । भिटामिन जसलाई वर्तमान खोजले निम्नलिखित नामहरु दिएको छ । जो स्वास्थ्यका लागि अति नै आवश्यक छन । ती यस प्रकार छन ।
क) भिटामिन ए— यो फलफूल हरियो तरकारी तेल आदिमा पाइन्छ । यसको सहाराबाट शरीरका सबै इन्द्रियहरु र पाचनतन्त्रहरुमा रोगप्रतिरोधी क्षमता उत्पन्न हुन्छ ।
ख) भिटामिन डी— यसले हाड बलियो बनाउँछ । यो सौर्य उँर्जाबाट प्राप्त हुन्छ ।
ग) भिटामिन इ— यो अड.्कुरित अनाज र हरिया तरकारीहरुमा पाइन्छ । जसले प्रजनन क्षमताको विकास गर्छ ।
घ) भिटामिन के र पी— यो रक्तस्राव अवरोधक हो । जो हरिया तरकारी, फल र अंकुरित अनाजमा पाइन्छ ।
ड.) भिटामिन बी समूह— भिटामिन बी मा धेरै समूहहरु छन् । जसलाई विज्ञानले थ्री गर्दै बर्गीकरण गरेको छ । यिनमा रिवोफ्लोविन मायासिन, पायरिडक्सिन वायोटिन पेन्टोथिन, कोलिन, एमिनोएसिड, फोलिक एसिड आदि तत्वहरु छन । यी सबै तत्वहरु फल, साग, अनाज र जडिबुट्टीबाट प्राप्त गर्न सकिन्छ ।
च) भिटामिन सी— यो रोगरक्षक एस्क्रमिएकसिड नामक तत्व हो । जो शरीरमा भण्डार हुन सक्दैन, तर अत्यावश्यक छ, त्यसैले दैनिक प्रयोग गर्नुपर्छ । सबै किसिमका अमिता जातका खाद्य पदार्थमा यो भिटामिन पाइन्छ ।
जहाँसम्म खनिज लवणको सवाल छ, यी शरीरका ध्वजावाहक फौज हुन । यिनको नाम हो— क्याल्सियम, फस्फोरस, पोटासियम, सोडियम क्लोरिन, सल्फर म्याग्नेसियम, आइरन, कपर, म्याग्निज, आयोडिन फ्लोरिन, जिंक, कोवाल्ट, सिल्कन, लेसिथिन आदि । यी खनिज लवणबिना मनुष्य शरीर लंगडो हुन्छ । रसायन मिश्रित पदार्थहरुमा यिनमा अभाव हुन्छ । यी यस्ता अंगरक्षक हुन, जसले रोगरुपी दुश्मनलाई शरीरभित्र छिर्न दिदैनन् । यिनको अभाव र असन्तुलनबाट रोग सुलुक्क पछाडिको ढोकाबाट शरीरभित्र प्रवेश गर्दछ ।
शरीर रक्षा र रोग प्रतिरोधका लागि आवश्यक अन्य तत्वको नाम हो इन्जाइन, क्लोरोफिन, सेललोज आदि । यी तत्व प्राकृतिक खाद्य पदार्थ खाएको शरीरबाट नै पैदा हुन्छन । यसैले प्राकृतिक खाद्य पदार्थको अत्याधिक आवश्यकता भएको हो ।
नोट ः यी सबै तत्वहरुको विस्तृत विवारण प्रकाशित पुस्तकहरु बजारमा प्रशस्त पाईन्छन ।

 

Check certificate expiry date

Quality News

Human Development & affirmative attitude is outcome of pure food, so think a twice before the consumption of food. Invest your hard earn money to such hi-quality hygienic food that act as a medicine in daily life. The certification published to protect right for pure food & balance diet. It is based on basic religious standards of food safety. .......

Recent Posts

Upcoming Events

Food Awarness

This site is under construnction. We will go live soon…. Thanks for visiting  

Global Marketing

This site is under construnction. We will go live soon

Consumer Rights

This site is under construnction. We will go live soon.

Agro Friendly Tourism

This site is under construnction. We will go live soon.

Hygienic Members

Videos