Anjali Thapa
Marketing Manager at NepalMart Pvt. Ltd.
Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations. Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations.


नविनतम खोजहरुले यस पृथ्वीमा एक करोड चालिस लाख बर्षदेखि मनुष्यको अस्तित्व भएको अनुमान गरेका छन । अतः आहारको इतिहास खोज्नु अति दुष्कर कार्य हो । यी समयहरुको कुनै लिखित इतिहास नभएको हुँदा आहारको प्राचिनतम अवस्था बताउन गाह्रो छ । पूर्वतिर दश हजार बर्ष पहिलेदेखिको खाद्य इतिहासलाई उल्लेख गर्न मिल्दछ । यस समयमा यहाँ ठूला ठूला ऋषिमुनि, योगी, महर्षी तथा आयुर्विज्ञान विशेषज्ञहरुको अभ्युदय भएको हुनाले उनीहरुले आहार क्षेत्रमा प्रशस्त योगदान पुर्याएका छन । जो आज पनि सिक्न र अनुकरण गर्न लायक छ । पश्चिममा हिपोक्रेटस् (३५९। ४६०ई. पू.) अरस्तु (३८४ ई.पू.) बाट आहार क्षेत्रमा काफी योगदानहरु भएको पाइन्छ भने १५ औं शताब्दीदेखि यस विषयमा अनुसन्धानमूलक चिन्तनको विकास हुन थालेको पाइन्छ । यस अघि जोहन मेयो (१६४७। १६७९) ले अक्सिजन र श्वास प्रश्वासको सम्बन्धमा अनुसन्धान गर्दछन भने जोकफ ब्लैक (१७२८। १७९९) ले कार्बन डाइ अक्साइडका विषयमा खोज गर्दछन । यस्तै गरी कार्ल वोष्ट (१८३१। १९०८) बाट प्रोटिन र कार्बोहाइडेडसका विषयमा उद्घाटन हुन्छ भने फड.्क (१९११) ले भिटामिन सम्बन्धी खोजहरु प्रस्तुत गर्दछन । यसरी के देखियो भने बीसौं शताब्दीमा आएर मात्र आहार विज्ञानले एक परिपक्व रुपरेखा ग्रहण गर्दछ । यही नै आज विश्वभरको आहारशास्त्रको मापदण्ड भएको छ । यद्यपी पूर्व इतिहास राम्ररी हेर्ने हो भने आज पश्चिमबाट भन्दा धेरै उन्नत आहार अनुसन्धान पूर्वीय देशहरुबाट भएको पाइन्छ । जो वैज्ञानिक हुनुका साथै प्राकृतिक पनि छ ।
Testimonial
Marketing Manager at NepalMart Pvt. Ltd.
Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations. Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations.
Contact